धरान : जिल्ला प्रहरी कार्यालय मोरङका आर्थिक वर्ष  २०७६/०७७ सालमा चोरी तथा हराएको मोवायलहरुका १ हजार ३ सय ५९ वटा निवेदनहरु परेका छन ।

जिल्ला प्रहरी कार्यालय मोरङले आर्थिक वर्ष  २०७६/०७७ सालमा चोरी तथा हराएको मोवायलहरु १ सय ८३ वटा सम्बन्धीत धनीलाई बुझाएको छन। मिति २०७७/०३/०९ गते देखी २०७७/०४/०९ गते सम्म ७३ वटा निवेदन प्राप्त भएका थिए । ७३ वटा निवेदनमा २८ थान मोवाईल फेला पार्न सफल भएको मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए ।

मोवाईल चोरी तथा लुटपाटमा संलग्न सुरज उराव समेत ४ जना मानिसलाई डाका मुद्दा चलाएको छ । भने ईलाका प्रहरी कार्यालय रानीको एरियामा मोवाईल चोरी तथा लुटपाटमा संलग्न ५ जनालाई पक्राउ गरी रानीबाट मुद्धा चलाएको  खड्काले  बताए  ।

भने मिति २०७७/०३/०९ गते देखी मिति २०७७/०४/०९ गते सम्ममा फेसबुक (साईब्रर क्राम ) सम्बन्धी १६ वटा निवेदन प्राप्त भएका छन ।