धरान : जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले तपाईंको मास्क खै ? अभियान आइतबार देखि सञ्चालन ल्याएकाछन । सर्वसाधारणलाई मास्क प्रयोगको गर्ने बानी बसाउन अभियान थालिएको हो । नागरिकहरु सचेत नभए सम्म यो अभियान जारी राख्ने खड्काले बताएकाछन ।

अधिकांश नागरिकहरु प्रहरीलाई देख्दा मात्रै मास्क लगाउने प्रवृत्ति यथावत् रहेकाले सर्वसाधरणमा मास्क अनिवार्य लगाउन बानी गर्नका लागि  'तपाईंको मास्क खै' अभियान सुरु गरिएको एसपी खड्काको भनाइ छ ।morang 6

उनका अनुसार पहिलो चरणमा मास्क प्रयोग नगर्नेलाई सम्झाउने र दोस्रो चरणबाट कारबाही गर्ने योजना रहेको बताए । 

प्रहरीले सचेतना फैलाउने क्रममा आइतबार विराटनगर महानगर–२ तीनपैनी चोकबाट ऱ्याली निकालेको शुरु गरेको थियो । भने सो क्रममा उनीहरूले मास्क प्रयोग नगर्नेहरूलाई नियमित मास्क प्रयोग गर्न आग्रह गर्दै निःशुल्क मास्क वितरण पनि गरेका थिए ।
बिहीबारसम्म पनि यो अभियान जारी राख्दा केहि सुधार समेत आएको छ ।