धरान : अस्थायी प्रहरी चौकी विष्णुपादुकाले २ किलो गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार राति २ बजे धरान उपमहानगरपालिका वडानंं २० विष्णुपादुकामा धनकुटाको सागुरीगढी गाउँपालिका ९ बस्ने सुजन राईको साथबाट २ किलो गाँजा चेकजाचको क्रममा बरामद भएकोले उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पक्राउ परेका राईलाई आज जिल्ला अदालत सुनसरीमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।