धरान : प्रदेश १ मा सुनसरीमा २ जना सहित आज १० जना थप नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

सुनसरीको इनरुवा क्वारेनटाइनमा बस्ने २ जना पुरुष, मोरङको विराटनगरका २ महिला १ पुरुष, पथरीशनिश्चरेका २ पुरुष, झापाको मेचीनगरमा १ महिला, खोटाङको दिक्तेलमा र ते¥तेह्रथुम १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा यो सँगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८ सय ९१ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा आज ४ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

यसैबिच देशभरको विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना सङ्क्रमण भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा १ सय ९ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ सङ्क्रमित १ सय ९ जना सहित देशभर सङ्क्रमितको सङ्ख्या १८ हजार ४ सय ८३ पुगेको जानकारी दिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ सय ६ जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सङ्क्रमितमध्ये १३ हजार ५३ जना उपचारपछि घर फर्किएका छन् भने ४५ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।