धरान : नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र कार्यसमिति १ (क) को कार्यालय धरान १२ को अमन बजारमा स्थापना भएको छ ।

कार्यालयको प्रदेश सभा सदस्य चन्द्रप्रसाद श्रेष्ठले रिबन काटेर र गमलामा पानी हालेर उद्घाटन गरेका थिए । कार्यालय उद्घाटन गर्दै प्रदेश सभा सदस्य श्रेष्ठले धरानमा नेपाली काँग्रेसको संगठानिक कार्यक्रमहरू यो कार्यालयबाट विस्तार हुने र धरानमा नेपाली काँग्रेसलाई मजबुत बनाउन यो कार्यालयले मद्दत गर्ने बताए ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन हुन लागेको बेलामा धरानमा नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र कार्यसमिति १ (क) को कार्यालय स्थापना भएकोमा नेपाली कांग्रेका नेतृत्वहरुले खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सचिव केदार भण्डारी, नेपाली काँग्रेसका जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र गोले तामाङ, जिल्ला सदस्य किशोर राई, प्रदेश सभा निर्वाचन समिति १ ख का मुरारी भट्टराई, क्षेत्रीय सचिव रमेश काफ्ले, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ सुनसरी सभापति गङ्गा चौलागाई, ११ नम्बर वडा सभापति लोकेन्द्र फागो, नेपाल महिला सङ्घ सुनसरी सचिव निर्मला शाक्य, धरान नगर उपसभापति महेन्द्र तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाली काँग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र कार्यसमिति १ कका सभापति धनबहादुर कटुवालको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा धरानमा नेपाली काँग्रेसले आफ्नो सङ्गठनलाई मजवुद बनाएर लानका लागि यो नयाँ स्थापना भएको कार्यालयले भूमिका खेल्ने बताएका थिए ।

Nc-2 2 Nc-1 4