धरान : भोलि सोमबार साउन १२ गते देखि फेरि मनसुन सक्रिय हुने भएको छ ।

मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने छ । साथै अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले फेरि मनसुन सक्रिय हुने विभागको पूर्वानुमान छ ।

विभागले जारी गरेको विशेष मौसमी बुलेटिन अनुसार ‘आउँदो सोमबार (साउन १२) रातिबाट ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशको धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरूमा भारी वर्षा हुन सम्भावना रहेको छ ।’

 

नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

विशेष मौसम बुलेटिन (Special Weather Bulletin)

(जारी मितिः २०७७-०4-10, बिहानः११ बजे)

आगामी मिति २०७७।०४।१२ गते (सोमबार) रातीबाट मनसुन न्यून चापीय रेखा (monsoon trough) नेपालको तराई भू-भाग नजिक रहने तथा अरब‍ सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकोले आउँदो सोमबार (साउन १२) रातीबाट ३/४ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशको धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम बर्षा र केहि स्थानहरुमा भारी बर्षा हुन सम्भावना रहेको छ।

त्यसैले ती स्थानहरुका नदी / खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेतको जोखिम रहन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

त्यसैले ती स्थानहरूका नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने छ । साथै ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने भएकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।