धरान :देशकै प्रतिष्ठित स्वास्थ्य संस्था जहा शौचालय अव्यवस्थित छ भन्दा जो कोहीलाई पत्यार नै लाग्दैन । तर प्रदेश १ कै ठुलो अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षाको शौचालय लथालिङ्ग अवस्थामा छ । जहा पुरुषले त जसो तसो पिसाब फेर्लान् तर महिलालाई भने समस्या हुने गरेको छ । शौचालयमा धाराको टुटीबाट पानी बगिरहने समस्या सँगै ढोकामा चुकुल समेत नहुनुले महिलाहरूलाई शौचालय प्रयोग गर्न ठुलो समस्या हुने गरेको छ ।

शौचालयको दुरअवस्थाकै कारण बिरामी कुरुवा महिलाहरूलाई शौच गर्न समस्या हुने गरेको छ । शौचालयको हालतले गर्दा महिलाहरू कष्टपुर तरिकाले पिसाब रोकेर बस्नुपर्ने अवस्था छ । प्रतिष्ठानको पहिलो भवनको इमरजेन्सी वार्डमा महिला शौचालयमा १ महिना देखि भित्र बाट लाग्ने चुकुल नै छैन भने शौच गर्नेहरू बिरामी वा करुवा जो सुकैले पनि बाहिर ढोकामा १ जना साथी नै राख्नुपर्ने हुन्छ ।

चुकुल नहुने मात्र यहाँको समस्या नरहेको बताउँदै झापाबाट उपचारका लागि आएकी दीपिका आर्चायले शौचालय भित्र चुकुलको मात्र समस्या हैन साबुन समेत नरहेको र हात धुने बेसिनको पाइप समेत फुटेकोहुनाले शौच गर्ने बस्ने समेत वातावरण नभएको उनले बताइन । उनले भनिन 'ट्वाइलेट पेन समेत घिनलाग्दो भएपछि प्रतिष्ठान बाहिरको होटेलमा गएर पिसाब फेर्नु पर्‍यो।'

बिरामी भेट्न गएकी रमा गुरुङले भनिन समस्या छ शौचालयमा भनेर इमरजेन्सी वार्डमा भन्दा प्रतिष्ठानका कर्मचारीले गैर-जिम्जेवारी ढङ्गले जवाफ दिए 'हाम्रो सेवा दिने काम हो शौचालयमा के छ छैन व्यवस्था गर्ने नरहेको ' भन्दै जवाफ दिएकोमा गुनासो गरिन् ।

प्रतिष्ठानका अस्पताल निर्देशक गौरीशङ्कर शाहले समस्या धेरै छन् तर आफू पुरुष भएकाले महिला शौचालयको समस्या बुझ्न नसकेको बताउँदै आज नै शौचालयहरूमा अनुगमन गरेर चुकुल लगाउने ,ट्वाइलेट पेन सफा गर्न लगाउने र गुनासो तथा सुझाव पेटीका समेत राख्ने बताएका छन् । 'प्रभावकारी सेवा प्रदान गर्ने प्रतिष्ठानको लक्ष्य हो' तर, जानकारी नआएकाले समस्या सावधान गर्न नसकेको उनले बताए ।

देशकै ठुलो स्वास्थ्य संस्थामा यसरी शौचालय समेत व्यवस्थित हुन नसक्नु र साबुन पानीको राम्रो व्यवस्था नहुनु वास्तवमै दुखद कुरो हो । यसबारेमा प्रतिष्ठानको व्यवस्थापन पक्षले तुरुन्त यसबारेमा आफ्नो ध्यान केन्द्रित गर्न जरुरी छ ।