धरान : मोरङ जिल्लामा गोरु काटेको अभियोगमा सुन्दरहरैंचा नगरपालिका-९ पुलचोक बस्ने २५ वर्षीय सुमन दनुवारलाई  प्रहरीले पक्राउ गरेको छ । 

दनुवारले आफ्नै घरमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा गोरुको टाउको र खुट्टा फेला पारी उनलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको मोरङले जनाएको छ ।