धरान : सप्तरीमा आज एक जना न्यायाधीश र एक जना प्रहरी सहित ७ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवका अनुसार उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय एक न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यसै गरी कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको घर अगाडी रहेको प्रहरी कार्यालयमा कार्यरत एक जना प्रहरीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । बाँकी तिरहुत गाउँपालिका वडा नम्बर २ का ३९ वर्षीय पुरुष, वडा नम्बर ३ का ३८ वर्षीय, वडा नम्बर ४ का २६ वर्षीय, वडा नम्बर ५ का २८ वर्षका २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिए । योसँगै सप्तरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ३४ पुगेको छ स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।