धरान : “वातावरण संरक्षण, हामी गरौँ वृक्षारोपण”भन्ने नारा सहित आज रोटरी क्लब अफ धरान घोपाले वृक्षारोपण गरेको छ ।

धरान–१५ स्थित शवदाह स्थल नजिकैको बम धारा परिसरमा मलेसियन साल, टिक, गोल्ड मोहर, जामुन, अमला, पारिजात र बेल गरी करिब १ सय ५० वटा बिरुवाहरू रोपिएको छ । रोटरी क्लबले वातावरण संरक्षणका क्षेत्रमा हरेक वर्ष वृक्षारोपण गर्ने गरेको र रोपी सकेका बिरुवाहरूलाई गोडमेल समेत गर्ने क्लबका अध्यक्ष राजेश अग्रवालले बताए ।

रोट्रयाक्ट क्लब अफ धरान घोपा र इन्ट्रयाक्ट क्लब अफ धरान घोपाका सदस्यहरु लगायतले सो कार्यक्रममा करिब ५५ जनाको उपस्थिति रहेको थियो ।