धरान : झापा प्रहरीले व्यवसायीलाई दाउ प्रहार गरी हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन ।

जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी रोकश थापाका अनुसार उनलाई बाहुनडाँगी बजारबाट पक्राउ गरिएको हो ।

उनले नजिकै रहेको आफन्तको घरबाट दाउ ल्याएर मेचीनगर नगरपालिका-२ भृकुटीमा कपडा सञ्चालन गर्ने व्यवसायी नारायण आचार्यको हत्या गरेको प्रहरी दाबी छ । हत्याको कारणबारे पनि खुलाएको छैन ।

आइतबार जिल्ला अदालत, झापाबाट ज्यान सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरेर विस्तृत अनुसन्धान गरिरहेको बताउदै बताउँदै थापाले भने 'कल रेकर्ड जाँच भैरहेको छ' यस समयमा घटनामा संलग्न अन्य अन्य सदस्यहरु फरार हुने वातावरण सृजना हुने भएकाले पक्राउ परेका युवाको नाम गोप्य राखेको बताए ।