धरान : वीपी काेइराला स्वाथ्य विज्ञान प्रतिष्ठानकाे उपकुलपतीकाे कार्यकक्षमा रहेकाे 'विपि काेइरालकाे तस्बिर' काे विषयमा प्रतिष्ठानले प्रष्टिकरण दिइकाे छ ।

उपकुलपतीको कार्यकक्षमा रहेको वीपी कोइरालको तस्विर हटाइएको भन्ने समाचार विभिन्न अनलाईन प्रकाशन भएको समाचाहरु गलत भएको प्रतिष्ठानले जनाएको छ ।

सम्माननीय राष्ट्रपती र प्रधानमन्त्रीको तस्वीर राख्ने क्रममा तथा सरसफाईका क्रममा केहि समय झिकिएको तस्बिर पुन: सोही स्थानमा राखिएको प्रतिष्ठानले जानकारी दीएको छ ।