धरान : धरानकाे पुरानाे बजारमा रहेकाे पालीका तरकारी बजारमा आज विहान साढे ४ बजे आगलगी भएको छ ।

आगलागीबाट पालिका तरकारी बजारभित्र रहेको ११ वटा कस्मेटिक र तरकारी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए । 

विद्युत सट भएर आगलागि भएको हुनसक्ने डिएसपी बस्नेतले बताए । आगलागीमा परि कल्पना तामाङ, रमा चौहान खतिवडा, अनिता आचार्जु, वसिम श्रेष्ठ, ज्ञानकुमार श्रेष्ठ, प्रविना लिम्बु, इन्दिरा श्रेष्ठ, मिरा निरौला, सुरेन्द्र चौधरी, लालबहादुर राई र यामकुमार विकको टिनको छानो भएको पसल जलेर नष्ट भएको छ । आगलागिमा करिव ५२ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागि पश्चात धरान उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

स्थानीयहरुले भने दमकल ढिलो आएकै कारण ठूलो क्षति भएको बताएका छन् । पालिका तरकारी बजारमा फलफुल तथा कोल्डड्रिंग्स पसल सञ्चालन गरेकी ज्ञानु बस्नेतले आगलागीबाट आफूहरुको व्यापार व्यवासय नै सखाप भएको बताए ।

सोही स्थानमा कस्मेटिक दोकान सञ्चालन गर्ने रमा चौहान खतिवडा र सविना वेघा खनालले आफूहरुको मात्र आगलागीबाट ८ देखि १० लाख रुपैया क्षति भएको बताए ।

उनीहरुले समयमै दमकल आइदिएको भए ठूलो क्षति नहुने बताएका छन् । आगलागीबाट आफूहरुको सर्वस्व गुमेको र गरिखाने बाटो नै सकिएको पीडितहरुले बताएका छन् ।