धरान : पाँचथर जिल्लाको फिदिम नगरपालिका -१ स्थित द्धारिका थाम्सुहाङको घरमा कौडा खेलिरहेको अवस्थामा २२ पुरुष र १ महिलालाई पक्राउ गरेको हो ।

द्वारीकाको घरमा जुवा खेल भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुबाट नगद २ लाख ४७ हजार ९ सय ४५ रुपैयाँ र कौडा १७ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको पाँचथरका इन्सपेक्टर रोमाराज अर्यालले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।