धरान : देशभरका विभिन्न जिल्लामा आज सोमबार १ सय ३९ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा नेपालमा सोमबार थप १ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । भने हाल नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या १८ हजार ७ सय ५२ जना पुगेको बताए। सोमबार देशभरका २७ वटा प्रयोगशालामा पिसिआर परीक्षण गरिएको थियो ।

सोमबार कोरोना संक्रमण निको भएर ६२६ जना डिस्चार्ज भएका छन् । हालसम्म १३ हजार ७५४ जना डिस्चार्ज भएका गौतमले नियमित प्रेस ब्रिफिङमा बताए ।

सोमबार मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा साङकेतिक भाषमा दिनेश श्रेष्ठले सहयोग गरेका थिए । सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु महिला भन्दा पुरुष धेरै रहेकाछन ।