धरान : झापामा धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा तिलक राज थापा पक्राउ परेका छन् । आफ्नै साथीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा कन्काईका थापालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

सुबास राईको घरमा खाना खाने क्रममा एक–आपसमा झगडा हुँदा राईले थापालाई फलामको रड प्रहार गरेपछि थापाले धारिलो हतियार दाउले प्रहार गर्दा राई गम्भीर घाइते भएका थिए । सामान्य चोट लागेका थापालाई विर्तासिटि अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घाइते राईलाई पनि उपचारका लागि सोही अस्पतालमा लगिएको छ ।

यसैगरी झापा, छिमेकीलाई धारिलो हतियार दाउ प्रहार गरी घाइते बनाएको अभियोगमा गौरीगंज का ललिता देवी डुमलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादका कारण डुमले सोही ठाउँ बस्ने लम्घार किस्कुलाई दाउले प्रहार गर्दा घाइते बनाएपछि प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।