धरान : बाल यौन दुर्व्यवहार गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय धरानले म्याद थप गरी थप अनुसन्धान सुरु गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले दिएको जानकारी अनुसार धरान १७ को क्षितिज टोलमा रहेको श्री माध्यमिक विद्यालय नजिक एकान्तमा एक १० वर्षीय बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने सोही टोलका सुरेश विश्वकर्मालाई शनिवार पक्राउ परेका थिए ।

बाल यौन दुर्व्यवहारको कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान इलाका प्रहरी कार्यालय धरानले सुरु गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।