सुनसरी : सुनसरीको बराहनगरपालिका-४ का ५० बर्षीय सिताराम चौधरीको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ ।

सोमवार दिउँसो पौने ३ बजेको समयमा रामधुनी नगरपालिका-६ मा रहेको शंकर बेलि तालमा जाल हानी माछा मार्ने क्रममा अचानक सोही तालमा डुबेर चौधरीको मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।