धरान : देशभरका विभिन्न जिल्लामा आज मङलबार ३ सय ११ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा नेपालमा मङलबार थप ३ सय ११ जनामा कोरोना संक्रमण देखिएको बताए । हाल नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या १९ हजार ६३ जना पुगेको गौतमले बताए। सोमबार देशभरका २७ वटा प्रयोगशालामा पिसिआर परीक्षण गरिएको थियो ।

हालसम्म १३ हजार ८ सय ७५ जना डिस्चार्ज भएका गौतमले नियमित प्रेस ब्रिफिङमा बताए ।