धरान : सोलुखुम्बुको सोताङ गाउँपालिका-५ बस्ने गणेश राईको घरमा जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोताङ गाउँपालिका ४ बस्ने ३७ वर्षीय दुर्गा प्रसाद राई लगायत ४ जनालाई नगद १४ लाख ६५ हजार रुपैयाँ, २९ लाख रुपैयाँको ४ थान बैंक चेक र तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु माथि थप अनुुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।