धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत दुई जना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा ईएनटीका एडिसनल प्रोफेसर र बायोक्यामेस्ट्रि विभाग का एसोसिएट प्रोफेसर दुई जना पुरुष डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

पछिल्लो समय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र बस्ने आवसिय चिकित्सकहरूमा लापर्वही बढेको बताइएको छ । इएनटीका डाक्टर केही दिन अघि जनकपुर गएर आएको पाइएको छ । उनी जनकपुरबाट आएपछि प्रतिष्ठानका विभिन्न डिपार्टमेन्ट पुगेको र अरू डाक्टरहरू सँग भेटघाट गरेको बताइएको छ ।

अहिले कनट्र्याक्ट टे्रसिङको काम धमाधम भइरहेको छ । बीपी प्रतिष्ठानको हाता भित्र बसोबास गर्ने चिकित्सकहरू लापर्वही तरिकाले बाहिर गएर आएपछि होम क्वारेनटाइनमा नबसी घुमफिर गर्ने गरेको बताइन्छ । पछिल्लो पटक संक्रमित इएनटीका डाक्टर पनि आफूले स्वाब परीक्षण गर्न दिएर पनि बाहिर घुमफिर गरेकोले समस्या सिर्जना भएको बताइएको छ ।