धरान : उपमहानगरपालिकाको वातावरण शाखामा कार्यरत एक महिला कर्मचारीमा कोरोना पुष्टि भए पछि आज उपमहानगरका कर्मचारी सहित २ सय ५१ जनाको स्वाबको नमुना लिइएको छ ।

धरान उपमहानगरपालिकाका कर्मचारी, कोरोना सङ्क्रमितहरूको परिवार र कनट्र्याक्ट ट्रेसिङका गरी आज धरान उपमहानगरपालिकाको हाता भित्र १ सय ९५ जना पुरुष र ५६ जना महिला गरी २ सय ५१ जनाको स्वाब लिइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

धरानमा गएको मङ्गलवार देखि सुरु भएको मास टेस्टिङ अभियान आज देखि सकिएको छ । समुदायमा कोरोना छ की छैन भनेर रेनडोम मास टेस्टिङ समिति गठन गरी थालिएको मास टेस्टिङको क्रममा १ हजार १ सय ७७ जनाको स्वाबको नमुना लिइएको छ । हरेक वडाबाट जोखिम क्षेत्र पत्त लगाई आशङ्का गरिएका मानिसहरू जम्मा ३ सय जनाको स्वाब लिने भनिएकोमा पछि बढाएर ५ सय जनाको लिने निर्णय भएको थियो । तर कोरोना संक्रमित थपिँदै जान थाले पछि कनट्र्याक्ट ट्रेसिङका सहित गरी १ हजार १ सय ७७ जना पुगेको महाशाखा प्रमुख मेहेताले बताए ।

सङ्कलन भएका स्वाबको रिपोर्ट आउने क्रममा अहिले सम्म ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । बाकी रिपोर्ट आउनेक्रममै रहेको छ । सबै रिपोर्टलाई आधार मानेर स्वास्थ्य विज्ञहरूको टोलीले धरानमा कोरोना सङ्क्रमण भएको हो की होइन भनेर निष्कर्ष निकाल्ने बताइएको छ ।