धरान : नेपालमा थप ४ सय ८४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घन्टामा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनामा परीक्षण गर्दा ४ सय ८४ जनामा कोरोना संक्रमण देखिएको हो ।यो सँगै नेपालमा संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ६४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १६ हजार ७ सय २८ छ ।