विराटनगर : प्रदेश १ मा एकै दिन १८ सय ७८ जनाको कोरोना परीक्षण भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कमा अनुसार आज (बुधवार) १८ सय ७८ जनाको कोरोना परीक्षण भएको हो ।

परीक्षण गरिएकामा ४८ जना नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेश १ मा हाल सम्म ५८ हजार २ सय ९४ जना नागरिकको कोरोना परीक्षण भइसकेको छ ।

प्रदेश १ मा रहेका प्रयोगशालाबाट मात्र हालसम्म ६५ हजार ९० जनाको कोरोना परीक्षण भएको छ ।
प्रदेश १ का प्रयोगशालाबाट अन्य प्रदेशका ६ हजार ७ सय ९६ जनाको कोरोना परीक्षण भएको हो ।

हालसम्म प्रदेश १ मा १६ सय ११ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । १ हजार १८ जना कोरोनालाई पराजित गरेर घर फर्किसकेका छन् ।

प्रदेश १ मा कोसी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना परीक्षण भइरहेको छ ।