धरान : इटहरी उपमहानगरपालिकामा एक जना उपमहानगरपालिकाको कर्मचारी र एक प्रहरी सहित आज १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गएको साउन २३,२४ र २५ गते सङ्कलन गरिएको स्वाबको नमुनाबाट आज १० जना पुरुष र ३ जना महिला गरी १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमितहुनेहरुमा इटहरी उपमहानगरपालिकाको वडा नं. ६ मा ३ जना, वडानं. ७ र ९  का २,२ जना, वडानं. ५, १४, १६, १७, १९, २० का एक एक जना र इटहरी उपमहानगरपालिकाको कर्मचारी १ जना र इलाका प्रहरी कार्यालय इटहरीका १ जना प्रहरी रहेको इटहरी उपमहानगरपालिकाका प्रेस संयोजक लीलाराज भट्टराईले बताए ।

यो सँगै इटहरी उपमहानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ४५ पुगेको छ ।