धरान : श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका २ जना महिला कर्मचारीहरू धरौटीमा रिहा भएका छन् ।

सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका नेत्र कुमारी भट्टराई र मेनुका कोइराला जनही ८/८ हजार धरौटीमा मंगलबार रिहा भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको इजालशले पक्राउ परेका महिला कर्मचारीहरूलाई धरौटीमा छोड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए ।

आफनै कार्यालयमा कार्यालय सहयोगीकाे रूपमा  कार्यरत दुइ  महिला कर्मचारीले साउन १७ गते शनिबार सञ्जेललाई कुटपिट गरेका थिए । आइतबार ‘अभद्र व्यवहारको मुद्दा’ मा म्याद थपगरि मोरङ प्रहरीले अनुसन्धान सुरू गरेको थियो ।