धरान : कान्तिपुर राष्ट्रिय दैनिकसंग आवद्ध वरिष्ठ पत्रकार बलराम बानियाँको दु:खद निधन प्रति नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा ) भर्जिनिया, अमेरिकाले गहिरो दु:ख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । 

वरिष्ठ पत्रकार बानियाँको कलम सदैव प्रजातन्त्रको संरक्षण र सुशासनका पक्षमा चलेको र उहांको निधनले नेपाली पत्रकारितामा अपुरणीय क्षति पुगेको  वक्तब्यमा उल्लेख छ ।

उहांको निधनको कारण अझै पनि प्रष्ट हुन नसकिरहेको अवस्थामा यस सम्वन्धमा आवश्यक अनुसन्धानलाई तीव्रताका साथ अगाडि वढाउन पनि इञ्जाले माग समेत गरेको छ । 

नेपाली पत्रकारहरुकालागि हरेक क्षण क्रियाशिल इञ्जाले स्वर्गीय पत्रकार बानियाँको अन्त्येष्टिमा परिवारजनलाई सहयोग गर्ने उदेश्यले ईञ्जा आपतकालिन कोषवाट १ लाख रुपिंया तत्कालै परिवारजनलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । 

यसका साथै उहांको परिवारलाई यस संकटको क्षणमा सहयोग गर्न नेपाल सरकार, पत्रकारिता सम्वद्ध संस्थाहरु तथा व्यक्तिहरुलाई पनि इञ्जा हार्दिक आह्वान गरेको छ ।