धरान : आज थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यससँगै नेपालमा संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । 

पछिल्लो २४ घण्टामा थप १ सय ९ जना संक्रमित डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको संख्या १६ हजार ८ सय ३७ पुगेको छ ।

नेपालमा हालसम्म ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।