धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

ढिलो गरी दिइएको जानकारी अनुसार धनुषाको ढल्केर ७ निवासी ८५ वर्षीय महिलाको बुधवार राति नै मृत्यु भएको थियो । उताबाटै गएको साउन २६ गते निमोनिया भएर गम्भीर अवस्थामा प्रतिष्ठान आई पुगेका थिए । कोरोनाकै लक्षण देखिए पछि उनको पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नेक्रममा मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

यो सँगै प्रतिष्ठानमा कोरोना संक्रमित बिरामीको मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । मृतकको शव प्रदेश २ को भएकोले उतै व्यवस्थापनका लागि लगिसकिएको पनि प्रवक्ता डा. सापकोटाले बताए ।