धरान : धरानका एक हार्डवेयर व्यापारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरानको विजयपुर हस्पिटलमा उपचाररत रहेका व्यापारीको गएको मङ्गलवार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षणका लागि दिइएको थियो । आज उनको रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । धरान - ८ निवासी ६७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

उनको उपचार विजयपुर हस्पिटलमा केही दिन देखि भइरहेकोले अहिले सो हस्पिटलबाट बीपीको कोभिड अस्पताल लाने तयारी भइरहेको छ । उनलाई केही दिन देखि छातीमा समस्या देखिएको बताइएको छ ।

अस्पतालमा भर्ना हुँदा देखिनै शङ्का लागेर आइसोलेसन वार्डमा राखिएको विजयपुर हस्पिटलका निर्देशक प्रभाव खतिवडाले बताए । कोरोना संक्रमित बिरामी राखिएको आइसोलेसन वार्डलाई सिल गरिने निर्देशक खतिवडाले बताए । उनको उपचारमा संलग्न चिकित्सकहरूलाई होम आइसोलेसनमा बस्न भनिएको छ ।