धरान : धरानमा आज बिहानै २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईको संयोजकत्वमा बनेको रेनडोम मास टेस्टिङ समितिले समुदायमा गरेको मास टेस्टिङको क्रममा आज दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

आज कोरोना संक्रमित हुनेमा धरान १९ की ३३ वर्षीय एक जना महिला र इटहरी ८ ठेगाना उल्लेख गरिएको ३० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज संक्रमित हुने मध्ये एक जना इटहरीका हुन भने उनले धरानको मास टेस्टिङमा स्वाब दिईएको बुझिएको छ । उनको बारेमा थप जानकारी लिने क्रममा रहेको प्रमुख मेहेताले बताए । साउन २६ गते एन्फा क्वारेनटाइनमा लिईएको स्वाबको रिपोर्ट आज आएको बताइएको छ ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ६४ पुगेको छ भने समुदायमा कोरोना संक्रमित हुनेहरूको सङ्ख्या २९ पुगेको छ । यसै गरी विदेशबाट आएर क्वारेनटाइनमा बसेका कोरोना सङ्क्रमितहरूको सङ्ख्या ३५ पुगेको छ ।