झापा : झापाको दमकमा आजदेखी दमक बाहिरबाट आउँनेहरुलाई दमक प्रवेशमा रोक लगाएको छ ।

नगरपालिकामा नगर प्रमुखको अध्यक्षतामा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको समितिकोे बैठकले सो निर्णय गरेको प्रबक्ता गीता अधिकारीले जानकारी दिइन । 

बैठकले बेलुकी ४ बजे सम्ममा सबै पसल बन्द गरि सक्नुपर्ने, होटलमा ग्राहक राखेर सेवा दिन नपाउने, बाइकमा एक जना भन्दा बढी र सिटि सफारी, अटो रिक्सा, भ्यान आदिमा २ जना भन्दा बढी यात्रु बोक्न नपाइने जस्ता निर्णयहरु पनि गरेको छ ।