धरान : पछिल्लो २४ घन्टामा थप ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म पीसीआर विधिबाट ४ लाख ९४ हजार ६ सय १३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी आज  २४ घन्टामा जम्मा ११ हजार ५ सय ७५ पीसीआर परीक्षण भएका छन् । 

पछिल्लो २४ घण्टामा थप २ सय ४० जना संक्रमित डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।नेपालमा हालसम्म ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ६ सय ३८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ७ हजार ९ सय १३ जना रहेको छ ।