धरान : युवतीको व्यक्तित्व हेर्दा गहना ठगी गर्लिन् जस्तो पटक्कै लाग्दैन । चिटिक्क जिउ डाल, गोरो अनुहार, आकर्षक पहिरन, भद्र स्वभावमा रातो ओठमा मिठो मुस्कान छ । कल्पनासमेत गर्न सकिँदैन गहना ठगी गर्लिन् भनेर  तर उनले  गर गहनाकाे खरिदकर्ता बनेर धेरैलाइ ठगीगरेकाे रहस्य खुलेकाे छ ।

महानगरीय अपराध महाशाखा टोलीले स्थायी घर झापाको शान्तिनगर-६  बसाेबास गर्ने २९ वर्षीय शारदा मगरलाई सुन पसलबाट गहना खरिदकर्ता बनेर ठगी गरेको आरोपमा बुधवार पक्राउ गरेकाे छ। 

प्रहरीले उनलाई काठमाडौँ नयाँ बानेश्वरका रञ्जित श्रेष्ठको सुन पसलबाट ४ लाख ३६ हजार मूल्य बराबरका सुनका गहना ठगी गरेको उजुरीका आधारमा पक्राउ गरेको हो। पसलको नाम प्रहरीले खुलाएको छैन ।

३ महिना अगाडि को कुरा हो । स्कुटी चढेर गहना–पसलमा गइन । ती युवतीबारे धेरैले नकारात्मक सोच्न सक्दैनन् ।व्यापारीलाई मुस्कान दिँदै उनले महँगा-महँगा सुन तथा हीराको गहना छानिन । श्रेष्ठले सोचे आज ग्राहक राम्रो आएको छ, व्यापार राम्रो हुने भयो ।

पसलबाट शारदाले सुनको सिक्री डेढ तोलाको १ थान, सुनको लकेट ५४ लालको १ थान, सुनको ब्रासलेट १ तोला ५२ लालको १ थान ,हिराको औँठी १ थान सुनको औँठी ३५ लालको १ थान लिएर प्याक गर्ने लगाइएन ।

बजारको मूल्य अनुसार ४ लाख ३६ हजार भयो । पसलमा दोस्रो ग्राहक आयो श्रेष्ठको ध्यान दोस्रो ग्राहकमा गयो । शारदाले सामान बराबरको भुक्तानी वापत सहकारीको चेक दिइन । श्रेष्ठले शारदाको विश्वास गरी चेक बुझे । चेक साट्न श्रेष्ठ निकै धाए तर खातामा पैसा थिएन ।

श्रेष्ठले पैसा लिन उनलाई फोन गरे । लकडाउनले गर्दा हो दाइ म पैसा हालिदिन्छु भनिन । खातामा पैसा पनि आएन । व्यक्तित्व हेर्दा ठगी नगर्ने स्वभावकी हुनले  मुहार हेरेर शारदाको विश्वास गरे । ''नपत्याउने खोलाले बगाउँछ'' भने जस्तै  शारदा सम्पर्कविहीन भइन ।

श्रेष्ठले आफू ठगिएको महसुस गरी उनले प्रहरीलाई २७ गते उजुरी दिए । उनको विश्वासमा परेर चेक बुझेर बैङ्क जाँदा खातामा पैसा नहुने र लकडाउनले होला भनी आफू मौन रहेको श्रेष्ठको उजुरीमा उल्लेख छ।

बैङ्कमा चेक साट्न जाँदा खातामा पैसा नभएको पाइएपछि उनको ठगी धन्दा बाहिरिएको छ। यसअघि शारदाले राजधानीका न्युरोड, कालीमाटी लगायतका क्षेत्रमा थुप्रैलाई ठगी गरेको मौखिक जानकारी आएको महानगरीय अपराध महाशाखाका एसपी हाेबिन्द्र बोगटीले बताए। शारदाबाट ठगीमा परेकालाई महाशाखाको सम्पर्कमा आउन पनि अनुरोध गरे।

शारदा यसअघि पनि झापाका सुन व्यापारीलाई खातामा पैसा नदिएको चेक  दिए पछि चेक बाउन्समा बैंकिङ कसुरमा २ पटक पक्राउ परेर छुटेको बोगटीले बताए। उनलाई आवश्यक कारबाहीकालागि महानगरीय प्रहरी परिसर टेकुमा ठगी मुद्दामा अनुसन्धान भइरहेको बोगटीले बताए ।