धरान : शुक्रबार पनि धरानमा १ सय १७ जनाको स्वाब लिइएको छ ।

धरान १३ को २ जना, धरान १६ का ३ जना, धरान १० को ३ जना, धरान ७ नम्बर वडाको कार्यालयको संक्रमित, १८ नम्बर वडाको उदयपुरको सङ्क्रमितको, १५ नम्बर, ८ नम्बर वडाको २ जनाको, १९ नम्बर वडाको, ३ नम्बर वडा, १७ नम्बर वडा, ११ नम्बर वडा र ९ नम्बर वडाको कोरोना सङ्क्रमितको क्लोज कनट्र्याक्टमा रहेकाहरू मध्ये ७२ पुरुष र ४५ महिला गरी १ सय १७ जनाको थ्रोट स्वाब लिइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

धरान-१३ जानकी चौकमा आज कोरोना सङ्क्रमितहरूको क्लोज कनट्र्याक्टमा रहेका र कनट्र्याक्ट ट्रेसिङमा रहेकाहरूको स्वाब लिइएको हो ।