झापा : निर्माणाधीन घरको गेटले किचेर झापामा एक बालिकाको मृत्यु भएको छ भने अर्की एक बालिक गम्भीर घाइते भएकी छिन् ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालका अनुसार बिर्तामोड नगरपालिका- १ देवी पञ्चकन्यामा निर्मला चौहानको निर्माणाधीन घरको गेटले किच्दा सोही ठाउँ निवासी ८ वर्षीया वालिका एन्जल सुनुवारको मृत्यु भएको छ भने उनकी ११ वर्षीया दिदी एलुन सुनुवार गम्भीर घाइते छिन् ।

घाइतेको बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ ।