इटहरी : नेपाल तरुणदल सुनसरी क्षेत्र नम्बर २ कार्यसमितिले इटहरी प्रहरीलाई मास्क र सेनीटाइजर प्रदान गरेको छ । इटहरी नगरसमितिको सहकार्यका शनिबार बिहान तरुण दलले यो सामान प्रहरीलाई हस्तान्तरण गरेको हो ।

क्षेत्रीय सभापति जसबहादुर लिम्बूको नेतृत्वमा गएको टोलीले इलाका प्रहरी कार्यलय इटहरी र तरहरा प्रहरी चौकीमा मास्क, सेनिटाइजर र पन्जा प्रदान गरेको हो ।

कोभिड-१९ को महामारी समुदायस्तरमा फैलिएको अवस्थामा अग्रभागमा काम गर्ने प्रहरीहरु सबैभन्दा असुरक्षित हुने भएकोले आफुहरुले थोरै भएपनि सहयोग गरेको सभापति लिम्बुले बताए ।

उनका अनुसार इलाका प्रहरीलाई १ हजार मास्क र तरहरा प्रहरी लाई ५ सय थान मास्क सहित सेनीटाइजर र पन्जा प्रदान गरिएको हो ।

मौसम प्रतिकुल भएको कारण ट्राफिक प्रहरी कार्यलय इटहरी र पकली प्रहरीलाई सामाग्री दिन नसकिएकोले आइतबार वितरण गरिने उनको भनाइ छ ।