झापा : झापाको दमकमा एकैदिन ७ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि दमकको ब्यापार ब्यवसाय बन्द गर्ने निर्णय गरिएको छ ।

आज दमक उद्योग वाणीज्य संघको आकश्मिक बैठक बसि दमकमा समुदाय स्तरमा कोरोनो भाईरस देखिएको हुनाले आफ्नो मातहतका उद्यमी ब्यावसायीलाई संक्रमण हुन सक्ने भन्दै दमक उद्योग वाणिज्य संघले आफ्ना ब्यापारीहरुलाई अर्काे सूचना नभए सम्मका लागि आज ४ बजे बाट पसल बन्द गर्न आवहन गरेको छ ।

शुक्रवार मात्र दमकमा समुदाय स्तरका बिभिन्न स्थानमा ७ जनामा कोराना संक्रमण देखिएपछी ब्यवसायीको सल्लाह सुझावलाई ध्यानमा राखेर दमकका सम्पूर्ण ब्यापार ब्यावसाय बन्द गर्ने निर्णय गरीएको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए ।