धरान : धरान १७ स्थित उदय सामुदायिक बनमा निगुरो टिप्न गएकी महिलालाई जर्वजस्ती गरी लुटपाट गर्ने एक जनालाई धरान प्रहरीले पक्राउ गरेको छ ।

हिजो बिहान धरान १७ को उदय सामुदायिक बनमा निगुरो टिप्न गएकी एक ५२ वर्षीय महिलालाई सोही वडा बस्ने ३३ वर्षीय तेजकुमार धामीले जर्वजस्ती गरी कानमा लगाएको सुनको कुण्डल र नाकको सुनको फुली लुछी फरार भएका थिए ।

इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान १७ स्थित उनकै घरबाट तेजकुमार धामीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । पक्राउ परेका धामीको शारीरिक परीक्षणको कार्य सम्पन्न गरी जर्वजस्ती करणी उद्योग तथा चोरी मुद्दामा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।