धरान : पछिल्लो २४ घन्टामा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या २६ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । कपिलबस्तुमा १ जना ४० वर्षिय पुरूष, पर्सामा १ जना ६० वर्षिय पुरूष र धनुषामा १ जना ५० वर्षिय पुरूषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।