धरान : कोरोना सङ्क्रमितलाई समाजले त्रास र हेयको दृष्टिले हेर्ने गरेको पाइन्छ । कोरोना सङ्क्रमितसँग नजिक हुँदा पनि स्वास्थ्य मापदण्ड अपनायो भने कोरोना सङ्क्रमण हुँदैन ।

हाम्रो समाजमा पछिल्लो समय कोरोना सङ्क्रमितलाई समाजमा गरिने भेदभावले थप अर्को समस्या सिर्जना भएको छ । कोरोना संक्रमित भएकाको परिवारलाई समाजले नकारत्मकरुपमा हेर्ने र गर्ने व्यवहारले समाजमा अर्को समस्या सिर्जना भएको छ । यस्तै दुव्र्यवाहारको सिकार हिजो इटहरीका एक जना कोरोना संक्रमित भएर अस्पतालबाट निको भई घर फर्किएकालाई आफन्तकोमा बस्न दिइएन । उनलाई आफन्तकोमा बस्न स्थानीयले अवरोध गरेका थिए ।

त्यसैले इटहरी ५ स्थित ढप्कीदेवी टोल विकास संस्थाको बैठकले संक्रमित भएर डिस्चार्ज भइसकेका एक व्यक्तिलाई उहाँको आफन्तकोमा बस्ने वातावरण मिलाउन पहल गर्ने निर्णय आज गरेको छ ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको उपस्थितिमा टोल विकास संस्थाका पदाधिकारी र स्थानीय बुद्धिजीवीहरूको बैठकले त्यस्तो निर्णय गरेको हो । त्यस कार्यमा स्थानीय वुद्धिजिविहरुले समेत सहजीकरण गर्ने भएका छन् । हिजो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान वाट कोरोना जितेर फर्केपछि स्थानीयले आफन्तको घरमा बस्न अवरोध गरेका थिए । कोरोना सङ्क्रमण वढदै गएको अवस्थामा जो कोही पनि संक्रमित हुन सक्ने भएकाले संक्रमित भएका र निको भएर आएकाहरूलाई हौसला प्रदान गरिनुपर्ने उपमेयर गौतमले बताइन् । कोही संक्रमित भएमा हेला र दुर्व्यवहार होइन आत्मबल वढने गरी हौसला र सहयोग गर्नुपर्नेमा उपमेयर गौतमको जोड छ ।

यसरी पछिल्लो समय कोरोना संक्रमित र सङ्क्रमितको परिवारलाई गरिने हेला र दुर्व्यवहार बढ्दै गएको छ । त्यसैले कोरोना सङ्क्रमण नियन्त्रण र न्यूनीकरण सँगै सङ्क्रमितलाई समाजमा के कस्तो सहयोग गर्नुपर्छ ? भन्नेबारेमा जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्न जरुरी भएको छ ।