धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गए राति एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका २ तीनपैनीकी ५० वर्षीय महिलाको गए राति १२३० बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् । मृतकमा ४,५ दिन देखि अत्यधिक ज्वरो आएको र खोकी लाग्नुका साथै श्वास फेर्न समस्या भएको र फोक्सो र मुटुमा समस्या रहेको बताइएको छ ।

हिजो विराटनगर स्थित न्युरो हस्पिटलबाट प्रतिष्ठानमा रिफर गरिएको थियो । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार मृतकको शव व्यवस्थापनका लागि मोरङसँग समन्वय भइरहेको छ । यो सँगै प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।