धरान : आज थप ६ सय  ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय  ६० पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् ।

यस्तै, आज थप १ सय ३४ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या १७ हजार ३ सय ३५ पुगेको छ ।

नेपालमा हालसम्म १०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।