धरान : किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा तेह्रथुमले ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउपालिका वडा नं. २ साबिक खेजेनिम ५ मा रहेको किरात हाङसाम खाम्बुलिङ नाहाङमायक माङहिमलाई तोडफोड आगजनी गरेको विषयलाई लिएर प्रेश विज्ञप्ति निकालेको छ ।

ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका २ खेजेनिम स्थित निर्माणाधीन हाङ्साम खाम्बुलिङ नाहाङ्मायक माङ्हिममा सससाउन २६ गते सोमबार राती तोडफोड भएको हो । अपराधिक समुहले रातिको समयमा भरिएको ग्यास सिलिण्डर ल्याएर करिब ३० लिटर मट्टीतेल छर्किएर आगजनी गरेको छ ।

यसअघि पनि फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा निर्माणधिन किरात धर्मका प्रवर्धक तथा १६ औं राष्ट्रिय विभूति महागुरू फाल्गुनन्द लिङ्देनको सालिकमा आगजनी भएको थियो ।

प्रदेश नम्बर एकको तेह्रथुम, ताप्लेजुङ र सङखुवासभाको संगम स्थान मेन्छ्यायेम कोक्मा डाडामा निर्माणधिन किरात मेन्छ्यायेम युमा माङहिमको समेत रातको समयमा तिन पटक अज्ञात, अपरिचित, अपराधिक समुहले आक्रमण गरि भत्काउने काम भएको थियो ।

सोहि घट्नालाई लिएर सम्पुर्ण लिम्बुजन्य संघहरु, याक्थुङ सयङहरु, किरात याक्थुङ चुम्लुङ, आदिवासि संस्थाहरु, तुुतु तुम्याङहरुलाई अवगत गराएको पनी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

धार्मिक सहिष्णुता, आपसि हित, सामाजिक सद्भाव, धार्मिक विभिधतामाथि अभद्र व्यावहार गर्ने जो कोहि व्यक्ति वा दोषी समुहलाई कानुनि दायरामा ल्याई कडा भन्दा कडा कारबाहि गर्नका लागि स्थानिय सरकार, स्थानिय प्रशासन, र नेपाल सरकार समक्ष माग गरेको किरात धर्म तथा साहित्य उत्थान संघ जिल्ला शाखा तेह्रथुमका अध्यक्ष राजकुमार तेयुङले जानकारी दिए ।