धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमआईसियुमा काम गर्ने धरान-१६ की कोरोना संक्रमित नर्सको परिवारको ८ महिने बालक सहित ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिष्ठानको एमआइसियुमा काम गर्ने नर्सको घर धरान १६ अनुपमा मार्गमा रहेको र उनको घरको परिवारमा ८ महिनाको बालक, ५० वर्षीय पुरुष, २९ वर्षीय पुरुष, र ४६ वर्षीय महिलामा कोरोना सङ्क्रमण देखिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

सनिबारको दिन कोरोना पोजेटिभ देखिएका प्रतिष्ठानको एमआइसियुमा कार्यरत दुई जना नर्स मध्ये धरान-१६ निवासी नर्सको परिवारमा कोरोना सङ्क्रमण देखिएको हो । बीपीमा कार्यरत नर्समा कोरोना सङ्क्रमण भएपछि कनट्र्याक्ट ट्रेसिङको क्रममा उनको परिवारमा पनि कोरोना सङ्क्रमण पाइएको हो । धरानमा अहिले सम्म कोरोना संक्रमितको संख्या ८० पुगेको छ ।