धरान : बीपी प्रतिष्ठानमा कार्यरत कोरोना संक्रमित नर्सको परिवारका ४ जना सहित आज धरानमा  १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस भन्दा अघि गए राति धरान १६ निवासी बीपीमा कार्यरत नर्सको परिवारका ४ जना सहित अहिले पछिल्लो थपिएकाहरूमा धरान १८ का २ जना ३० वर्षीय पुरुष, २७ वर्षीय महिला, धरान १९ को १ जना ३९ वर्षीय पुरुष, धरान १५ का २ जना १९ र ३९ वर्षीय महिला, धरान १७ का १ जना ३९ वर्षीय महिला जो स्वास्थ्यकर्मी पनि रहेको बताइएको छ । धरान ९ का १ जना २४ वर्षीय महिला, धरान १० का २ जना ५० र ७७ वर्षीय महिला रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितहरूको कुल सङ्ख्या ८९ पुगेको छ । सङ्क्रमितहरूको पूर्ण विवरण अझै आउन बाँकी रहेको बताइएको छ ।