धरान : जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका दुई जनालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

कर्तव्य ज्यान मुद्दामा थुनामा परेका दुई जना ३० र ३२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले जानकारी दिएका छन् । केही दिन अघि उनीहरू दुवै जनालाई जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा थुनामा पठाइएका उनीहरूमा कोरोना देखिए पछि अहिले दुवैलाई अलग्गै राखिएको छ ।

उनीहरू २ जनालाई झुम्का कारागारमा ल्याउन लागिएको वेलामा कोरोना सङ्क्रमण देखिएकोले झुम्का कारागार बाहिर निर्माण भएको कैदीहरूलाई राख्ने कोरोना आइसोलेसनमा राखिने तयारी भइरहेको प्रहरी प्रमुख एसपी थापाले बताए ।