धरान : आज थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् ।

यस्तै, आज थप १ सय ६० जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ । हालसम्म ५ लाख २९ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण भएको छ।

आज ३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मृत्युहुनेमा रौतहटका ३२ वर्षिय १ पुरूष, मोरङ जिल्लामा ६० बर्षिय १ पुरूष र काठमाडाैंकी ५८ बर्षिय १ महिला रहेका छन ।

आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १०७ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।