धरान : विजयपुर हस्पिटलमा एक जना कोरोना संक्रमित बिरामी भेटिएपछि कनट्र्याक्ट ट्रेसिङमा परेका सबै १० जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।

धरान ८ का एक जना उपचारमा आएका बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि कनट्र्याक्ट ट्रेसिङका क्रममा एक जना फिजिसियन डाक्टर, २ जना मेडिकल अफिसर, ५ जना स्टाफ नर्स र २ जना सहयोगी होम क्वारेनटाइनमा बसेका थिए । उनीहरूको पिसिआर परीक्षण गर्दा सबैको कोरोना नेगेटिभ रिपोर्ट आएको विजयपुर हस्पिटल प्रा.ली.का निर्देशक प्रभाव खतिवडाले बताए ।

विजयपुर हस्पिटलको आइसोलेसन वार्डमा उपचाररत बिरामीमा कोरोना देखिएपछि विजयपुर हस्पिटलको आइसोलेसन वार्ड सिल गर्नुका साथै बिरामीको सम्पर्कमा रहेका १० जना होम क्वारेनटाइनमा बसेका थिए ।