धरान : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल प्रकाशित गरेको छ ।

२०७६ को एसइईका लागि चार लाख ८२ हजार २१९ परीक्षार्थीले फारम  भरेका थिए। त्यस मध्ये ४ लाख ७२ हजार ७८ जना एसइई परीक्षार्थीको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो ।

करिब १० हजार जनाको परीक्षा विभिन्‍न कारणले रद्द भएको बोर्डले जानकारी दिएको छ ।

शैक्षिक सत्र २०७६ मा कोरोनाका कारण एसइई स्थगित भएको थियो। तर विद्यालयले आन्तरिक मूल्यांकन गरी परीक्षार्थीका नम्बर बोर्डमा पठाएका थिए ।